हेटौँडा उपमहानगरपालिका १० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मकवानपुरको साविक हाडीखोला-२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए।
मृतकको शव हेटौँडा अस्पतालमा रािखएको छ। मोटरसाइकललाई ठक्कर दिएको आशङ्कामा ना २ ख ९३३६ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएको कार्कीले बताए।
3
Shares
प्रतिक्रिया