महोत्तरीमा एक किशोरको संकास्पद मृत्यु भएको छ।
महोत्तरीको सम्सी गाउँपालिका २ पर्सादेवाडका जैलुन अन्सारीका १३ वर्षीय छोरा मजेवुलको आइतबार विहान संकास्पद मृत्यु भएको हो।
स्थानीयले भने घरायसी विवादमा उनकीआफ्नै भाउजु ३० वर्षीया सविना खातुनले मजेवुलको घाँटी थिचेर हत्या गरेको दावी गरेका छन्।
घटना शंकास्पद देखिएकाले शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर महोत्तरीमा राखिएको छ। मजेवुलको हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले खातुनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
घटना हत्या हो अथवा आत्महत्या पोस्टमार्टम रिपोर्ट पश्चात मात्र भन्न सकिने उनले बताए।
शव लुकाउन खोजेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले शव बरामद गरी पोस्टमार्टमको लागि अस्पताल लगेको हो। खातुनका श्रीमान् छिमेक देश भारतमा रोजगारीमा छन्।
प्रतिक्रिया