विश्व महामारी कोरोना भाइरसको संक्रमण काठमाडौंमा पनि भेटिएको छ।
टेकु अस्पतालमा एक जना नेपालीमा भाइरस संक्रमणको पोजिटिभ रिपोर्ट आएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका हुन्।
ती व्यक्ति फ्रान्सबाट आएको १९ वर्षीया युवती रहेको स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनमा बताए। उनी विद्यार्थी रहेको मन्त्री ढकालकाे भनाइ छ।
‘हिजो बेलुका आएको रिपोर्टमा फ्रान्सबाट आएका एक जनामा कोरोना पोजिटिभ देखियो’, मन्त्री ढकालले भने ।
ती संक्रमित विद्यार्थीको परिवारलाई पनि आइसोलेसनमा राख्ने तयारी गरिएको उनले जानकारी दिए। मन्त्री ढकालले भने, ‘उहाँसँगै आउनुभएको साथीहरुको बारेमा पनि जानकारी लिने काम जारी छ।’
ती विद्यार्थी यही चैत ४ गते कतारकाे दाेहा हुँदै काठमाडाैं आएका थिए। काेराेनाकाे संक्रमण नपाइएपछि उनी हाेम क्वारेन्टिनमा बसेकामा परीक्षणका क्रममा रिपाेर्ट पाेजेटिभ देखिएकाे मन्त्रालयले जनाएकाे छ।
पत्रकार सम्मेलनमा यसाे भने स्वास्थ्यमन्त्री ढकालले ः
हाल टेकुको अस्पतालमा दश शय्याको आइसियु निर्माण जारी रहेको र सामान खरिद प्रक्रिया अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा दिइएकाे जानकारीअनुसार परीक्षणको दायरा बढाउँदै ६० वर्ष माथिकाको पनि परीक्षण गरिनेछ।
फ्रान्स कोरोना भाइरसबाट सबैभन्दा प्रभावित राष्ट्रमध्ये एक हो। त्यहाँ १६ हजार १८ जना कोरोनाबाट संक्रमित छन्। ६ सय ७४ को मृत्यु भइसकेको छ।
प्रतिक्रिया