ad ad

समाज


लकडाउनको दोस्रो दिनः प्रदेश २ मा ४३ जना पक्राउ, ४२४ सवारीसाधन नियन्त्रणमा

लकडाउनको दोस्रो दिनः प्रदेश २ मा ४३ जना पक्राउ, ४२४ सवारीसाधन नियन्त्रणमा

शैलेन्द्र महतो
चैत १२, २०७६ बुधबार १३:५१,

 प्रदेश २ मा लकडाउनको अवज्ञा गर्ने ४३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै, लकडाउनको बेला चलाइएका ४ सय २४ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।

लकडाउनको दोश्रो दिन बुधबार बिहानदेखि साँझ ६ बजेसम्म प्रदेश २ को आठवटै जिल्लाबाट ४३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता जयराज सापकोटाले जानकारी दिए।

पक्राउ पर्नेमा सबभन्दा बढी धनुषामा लकडाउन अवज्ञा गर्ने २६ जना रहेका छन्।

 उनका अनुसार पर्साबाट ३६ सवारीसाधन, बाराबाट १३ मानिस र सवारीसाधन ९४ वटा, रौतहटबाट मानिस ३ जना र सवारीसधान १ सय १७ वटा, महोत्तरीबाट मानिस १ र सवारीसधान ९५ वटा, धनुषाबाट मानिस २१ जना र सवारीसधान ७६ वटा, सिरहाबाट मात्र ६ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ।

पक्राउ मानिसहरुलाई बेलुका सम्झाई बुझाई छाडिएको र सवारीसाधन लकडाउन अवधिभित्र नियन्त्रणमा नै रहने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .