ad ad

राजनीति


७० कटेका ब्रिटेनका राजकुमारलाई पनि भेट्यो कोरोना भाइरसले, कस्तो छ अवस्था?

७० कटेका ब्रिटेनका राजकुमारलाई पनि भेट्यो कोरोना भाइरसले, कस्तो छ अवस्था?

नेपालखबर
चैत १२, २०७६ बुधबार १३:३९,

ब्रिटेनका राजकुमार चार्ल्सलाई पनि कोरोनाभाइरस संक्रमण भएको छ।

७१ वर्षीय राजकुमार चार्ल्सलाई कारोना भाइरस संक्रमण भएको पुष्टि उनको औपचारिक निवास क्ल्यारन्स हाउसले गरेको हो।

तर उनकी पत्नी ७२ वर्षीया डचिस कोर्न्वलमा भने कोरोना भाइरस नपाइएको बीबीसीले जनाएको छ।

राजमकुमार चार्ल्सलाई मध्यम खालका लक्षण देखिएको तर उनको स्वास्थ्यावस्था राम्रो भएको उनका प्रवक्ताले बताएका छन्।

चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले जानकारी दिएको छ।

केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए तर कसबाट उनमा कोरोना भाइरस सर्‍याे, पत्ता लगाउन गाह्रो भएको क्ल्यारन्स हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .