ad ad

समाज


प्रहरी चौकीमै गोली पड्कँदा हवल्दारको मृत्यु

प्रहरी चौकीमै गोली पड्कँदा हवल्दारको मृत्यु

वाशुदेव मिश्र
चैत १४, २०७६ शुक्रबार ११:४२,

स्याङ्जाको चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको गोली लागेर मृत्यु भएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार हरिनास गाउँपालिका–२, मा रहेको प्रहरी चौकीमा हतियार थन्क्याउँदै गर्दा बन्दुक पड्केर उनको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

उनी पोखराका बासिन्दा हुन्।

घटनाको अनुसन्धान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डीएसपी राजेन्द्रबाबु रेग्मीको नेतृत्वमा टोली घटनास्थलतर्फ लागेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .