पर्सा राष्ट्रिय निकुन्जमा शुक्रबार नेपाली सेना र तस्करबीच भीडन्त भएको छ। भीडन्तमा सेनाको गोली लागि एक जना तस्करको मृत्यु भएको राष्ट्रिय निकुन्जले जनाएको छ।
यस्तै तस्करको समूहले चलाएको गोली लागेर सेनाका एक जम्दार घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ। उक्त समूहका एक जनालाई सेनाले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरका मोहनसिंह दोङ रहेको निकुन्ज प्रशासनका सूचना अधिकारी विष्णु श्रेष्ठले बताए। उनीहरुको साथबाट दुई थान बन्दुक बरामद गरिएको छ।
गस्तीमा रहेको सेनाको टोलीलाई आक्रमण गरेपछि दोहोरो भीडन्त भएको श्रेष्ठले जानकारी दिए।
3
Shares
प्रतिक्रिया