ad ad

समाज


सीमा बन्द पछिका पाँच दिनमा गड्डाचौकी नाकाबाट भित्रिए दुई हजार जना

सीमा बन्द पछिका पाँच दिनमा गड्डाचौकी नाकाबाट भित्रिए दुई हजार जना

गोकुल जोशी
चैत १४, २०७६ शुक्रबार १५:४,

नेपाल–भारत आवागमन बन्द भए पनि पश्चिमी सिमानाका गड्डाचौकी भएर भित्रिने क्रम रोकिएको छैन।

चैत्र १० गतेदेखि सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै भारत र चीनसँग जोडिएका सबै नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको थियो।

सरकारले नेपाल–भारत सीमासँग जोडिएका नाका बन्द गरेपनि भारतबाट काम गरी फर्किनेहरुको क्रम भने नरोकिएको हो। आवागमन बन्द पश्चात पाँच दिनको अवधिमा गड्डाचौकी नाकाबाट एक हजार ८ सय ४२ जना भित्रिएका छन।

सुदूरपश्चिम प्रदेश र भीमदत्त नगरपालिकाले कोरोना भाइरसको स्क्रिनिङका लागि स्थापना गरेको हेल्थ डेस्कका अनुसार नाका भएर स्वदेश फर्किने क्रम रोकिएको छैन। तथ्याङक अनुसार आवागमन प्रतिबन्धको पहिलो दिन चैत्र १० गते ९ सय ८५, चैत्र ११ गते ५ सय १९, चैत्र १२ गते एक सय २५, चैत्र १३ गते एक सय ९६ र चैत्र १४ गते १७ जनाको चेकजाँच गरिएको छ।

गड्डाचौकी नाका भएर भित्रिनेहरुको क्रम नरोकिएको हेल्थ डेस्ककी अनमी निर्मला जोशीले बताइन।

‘गड्डाचौकी बाहेक अन्य छोटी नाका भएर पनि आउँदैछन्, त्यहाँबाट उनीहरुलाई नियन्त्रणमा लिएर यहाँ (गड्डाचौकी) मा चेकजाँच गरी पठाउने क्रम जारी छ’ उनले भनिन्।

नाकामा सेनाको गस्ती
मुख्य नाका गड्डाचौकीबाट आवागमन रोकिए पछि भारतबाट फर्किनेहरुले अन्य सहायक नाकाहरु प्रयोग गर्न थालेका छन्। भारतीय बजार खटिमासँग जोडिएको महाकाली नगरपालिकाबाट नेपाल भित्रिने क्रम बढ्न थाले पछि नाकाहरुमा नेपाली सेना परिचालन गरिएको छ।

सेनासहित नेपाल प्रहरी, शसस्त्रले नाकाहरुमा कडा निगरानी गरी रहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए।

‘मूल नाका बन्द भए पछि अन्य नाका प्रयोग गर्दै आउने क्रम देखियो, त्यो नियन्त्रण गर्न सेनासहित तीनै सुरक्षा संयन्त्र तैनाथ गरिएका छन्’ उनले भने।

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले सहायक नाकाहरुमा निगरानी बढाए पछि सो नाका प्रयोग गर्दै भित्रिएहरुलाई नियन्त्रणमा लिएर गड्डाचौकी पु-याउने गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .