ad ad

समाज


सातै प्रदेश पुग्यो चिनियाँ मेडिकल सामग्री, मन्त्री भन्छन्ः ‘हात्तीको मुखमा जिरा’

सातै प्रदेश पुग्यो चिनियाँ मेडिकल सामग्री, मन्त्री भन्छन्ः ‘हात्तीको मुखमा जिरा’

नेपालखबर
चैत १७, २०७६ सोमबार १२:३८,

चीनबाट ल्याइएको स्वास्थ्य सामग्री सातै प्रदेशमा वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रत्येक प्रदेशलाई जनही एक हजार थान पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), १० हजार थान सर्जिलक मास्क, २ हजार थान ग्लोब्स र १ हजार थान एन९५ मास्क पठाएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्रदेश नम्बर १, कर्णाली र सुदूर पश्चिममा हेलिकोप्टर र अन्य प्रदेशमा मोटरबाट ती सामग्री पठाएको हो।

स्वास्थ्य मन्त्रालका व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले चीनबाट आएको सामग्रीको पहिलो खेप हेलिकप्टर र मोटरबाटोबाट प्रदेशमा पठाइएको जानकारी दिए।

तर, सरकारले पठाएको सामग्री निकै कम भएको सम्बन्धित प्रदेशका अधिकारीहरुले जनाएका छन्।

‘सामान आउँदैछ भन्ने सुनेको छु। पीपीई एक हजार थान मात्रै हो भने त्यो निकै थोरै हो,’ प्रदेश ५ का प्रवक्ता बैजनाथ चौधरीले भने, ‘हाम्रोमा कोरोना उपचारका लागि चार वटा अस्पताल तयार पारेका छौं। त्यति सामग्री त हात्तीको मुखमा जिरा हुन्छ।’

उनले ती सामान आइपुगेपछि मात्र अस्पताल र जिल्लामा वितरणको योजना बनाइने बताए।

‘पहिले सामान त आइपुगोस्, त्यसपछि कति र कसरी वितरण गर्ने भन्ने योजना बन्छ,’ मन्त्री चौधरीले भने, ‘अहिले एम्बुलेन्स चालकले पनि पीपीई नभै चलाउँदैन।’

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले थोरै परिमाणमा सामग्री प्रदेशमा आइपुगेको बताए।

‘थोरै सामग्री आएको छ। तर केन्द्रले केही दिनभित्रै थप सामग्री उपलब्ध गराउने जनाएको छ,’ अवस्थीले भने।

उपचारका लागि १ सय ९० वटा बेड छुट्याएको गण्डकी प्रदेशले ३७ हजार पीपीई माग गरेको थियो।

‘हामीले ३७ हजार स्थान पीपीई मागेका थियौँ। तर, समानुपातिक रुपमा बाँड्दा हाम्रोमा पनि एक हजार पठाएको कुरा गर्नु भएको छ। पछि थप आउँछ भन्नुभएको छ,’ प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख खिम खड्काले नेपालखबरसँग भने।

त्यसैगरी, बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले स्वास्थ्य मन्त्रालयले पठाएको सामग्री संक्रमितको संख्या बढे अपुग हुने प्रतिक्रिया दिए।

प्रदेशहरुले असन्तुष्टि जनाएपनि स्वास्थ्य मन्त्रालयले भने स्वास्थ्य साम्री अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ।

‘चीनबाट आएको सामग्रीको पहिलो खेप पठाएका हौं। आवश्यकताअनुसार प्रदेशलाई अन्य सामग्री पनि पठाउने छौं। कोरोना भाइरसको संक्रमण गर्ने उपचारमा कुनै कमी गर्ने छैनौँ,’ निर्देशक डोटेलले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .