ad ad

समाज


लकडाउनको असरः नदी, पोखरीमा हुन पाएन चैती छठीको रौनक

लकडाउनको असरः नदी, पोखरीमा हुन पाएन चैती छठीको रौनक

शैलेन्द्र महतो
चैत १७, २०७६ सोमबार १५:११,

जनकपुर लगायत मिथिलाञ्चलमा चैती छठ पर्व मनाइँदै छ। सोमबार साँझ अस्ताउँदो सूर्य अर्थात आदिदेव दिनानाथलाई अर्घ्य दिइएको छ। भोली मंगलबार बिहान उदाउँदो सूयलाई अर्घ्य दिएपछि चैती छठपर्व विधिवत समापन हुने छ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको कारण यसवर्ष घर–घरमै चैते छठ मनाइँदै छ।

chhathi2.jpg

घर घरमै भाँडो पानी राखेर अथवा खानेपानीको श्रोत रहेको कल, इनार भएको स्थानमा पूजा सामग्री राखेर साँझको अस्ताउँदो सूर्यलाई ब्रतालुहरुले अर्घ्य दिएका हुन्।

चैती छठ जनकपुरधामको सरोवर तथा पोखरी किनारहरुमा विशेष रुपले सजाएर जलासयबाटै अर्घ दिने परम्परा रहेको छ। यसदिनमा विशेष चहलपहल हुने गर्दछ। तर यसवर्ष लकठाउनको कारण घर–घरमै छठ मनाउँदा कुनै चहलपहल देखिएको छैन।

chhathi4.jpg

कार्तिकमा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालुभक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ। चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ।

खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन्। प्रसादमा खीर, केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाइन्छ।

chhathi5.jpg

अस्ताउँदो र उदाउँदो सूर्य अर्थात आदिदेव दिनानाथलाई अर्घ्यमा मुला, उखु, भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ। चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रशन्नता प्राप्त हुने जन विश्वास रहि आएको छ।

पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन्। त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु जलासयमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन्। रातभरि ब्रतालुहरु जागरण बसि भोली पल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ।

chhathi6.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .