हाल अमेरिकामा कोरोना भाइरस ‘कोभिड १९’ को प्रभाव उच्च छ। अमेरिका कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको हो।
बुधबारसम्म अमेरिकामा १ लाख ८८ हजार ५९२ कोरोना संक्रमित छन्। त्यहाँ ४ हजार ५५ को मृत्यु भइसकेको छ।
कोरोना भाइरसको उद्गमस्थल चीनमा भन्दा अमेरिकामा कोरोना संक्रमित र मृतक बढी छन्। चीनमा ८१ हजार ५५४ कोरोना संक्रमित छन् भने त्यहाँ ३३ सय १२ को मृत्यु भएको छ।
ट्रम्पले मंगलबार राति चेतावनीपूर्ण भाषामा भने,‘म प्रत्येक अमेरिकी नागरिकलाई जटिल र चुनौतीपूर्ण दिनको सामना गर्न तयार हुन अनुरोध गर्दछु। आगामी दुईहप्ता हाम्रालागि निकै पीडादायी समय हुनेछ।’
उक्त अवधिमा कोरोना भाइरसको प्रभाव निकै उच्चविन्दुमा पुग्ने ट्रम्पले बताएको बीबीसीले जनाएको छ।
ट्रम्पले पूर्वतयारी गर्न आग्रह गरेका छन्। अमेरिकाले केही दिन अगाडि ‘सोसल डिस्टेन्सिङ गाइडलाइन्स’ लागू गरेको छ।
उक्त गाइडलाइन्स अनुसार अमेरिकी नागरिकले भीड र समूहमा हिँड्न र घुम्न पाउने छैनन्।
अमेरिकाले कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय कार्य गरिरहेको पनि ट्रम्पले सो क्रममा बताए।
प्रतिक्रिया