ad ad

समाज


अमेरिकी विमानवाहक जहाजका कप्तानको गुहारः जहाजीहरुलाई मर्नबाट बचाउनुस्

अमेरिकी विमानवाहक जहाजका कप्तानको गुहारः जहाजीहरुलाई मर्नबाट बचाउनुस्

नेपालखबर
चैत १९, २०७६ बुधबार १२:१९,

अमेरिकी नौसेनाको एक विमानवाहक जहाजका चालक दलका सदस्य कोरोना संक्रमित हुन थालेपछि त्यसका कप्तानले तत्काल निर्णायक कदम चाल्न नौसैनिक नेतृत्वसँग गुहार लगाएका छन्।

यूएसए थियोडर रुजबेल्ट नामक सो विमानवाहक जहाजमा हालसम्म ७० जनाभन्दा बढी संक्रमित भइसकेका छन्।

‘हामी अहिले युद्धमा छैनौँ। जहाजीहरु मर्न जरुरी छैन। हामीले तत्काल कदम चालेनौँ भने जहाजीहरुको रक्षा गर्न हामी असफल हुनेछौँ,’ क्याप्टेन ब्रेट क्रोजियरले नौसेनाको प्यासिफिक फ्लिटलाई पठाएको चार पृष्ठ लामो पत्रमा लेखेका छन्।

उनले जहाजमा भाइरस लगातार फैलिरहेको बताएका छन्। उनले जहाजका धेरैजसोलाई त्यहाँबाट हटाएर दुई साता आइसोलेसनमा राख्न सिफारिस गरेका छन्।

‘यो जहाजमा ४ हजारभन्दा बढीलाई राखिरहनु अनावश्यक जोखिम लिनु हो, त्यसले जहाजीहरुको हामीप्रतिको विश्वास तोड्छ,’ उनले लेखेका छन्।

यद्यपि सो जहाजमा कति मान्छे छन्, नौसेनाले बताएको छैन।

सो जहाज हाल गुआमको बन्दरगाहमा छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .