ad ad

समाज


यसरी उडे अस्ट्रेलियनहरु

यसरी उडे अस्ट्रेलियनहरु

नेपालखबर
चैत १९, २०७६ बुधबार १२:३५,

नेपालमा रहेका अस्ट्रेलिया र न्युजिल्यान्डका नागरिकलाई नेपालका लागि अस्ट्रेलियन दूतावासको संयोजनमा बुधबार जहाज चार्टर गरी स्वदेश फिर्ता गरिएको छ।

नेपाल एयरलाइन्सको वाइड वडी जहाज चार्टर गरी २ सय ५७ जना नेपालबाट उडेका हुन्। तीमध्ये ३० जना न्युजिल्यान्डका नागरिक रहेको नागरिक उड्यन प्राधिकरणले बताएको छ।

नेपालमा कोरोना संक्रमणको त्रासमा लकडाउन सुरु भएपछि यहाँ रहेका आफ्ना नागरिकलाई अस्ट्रेलियन दूतावास स्वदेश फिर्ता गरेको हो।

Australian fly 2

नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडले त्यहाँका नागरिकहरु जहाज चढी प्रस्थानका लागी तयार रहेको फोटो ट्विटरमा सार्वजनिक गर्दै उनीहरुको शुभयात्राको कामना गरेका छन्।

उनीहरुको धैर्यता र रमाइलो व्यवहारको समेत उनले प्रशंसा गरेका छन्।

‘गुडबाई नेपाल। हेलो ब्रिसबेन अस्ट्रेलिया। यो सबै काम गर्न संलग्न नेपाल र अस्ट्रेलियाका सम्पूर्णलाई धन्यवाद,’ उनले लेखेका छन्।

नेपाल वायुसेवा निगम इतिहासमै पहिलोपटक राष्ट्रिय ध्वजावाहक जहाज यसरी सिधै अस्ट्रेलिया उडेको हो।

Australian fly 1

याे पनि: 
इतिहासमै पहिलोपटक अस्ट्रेलिया उड्दै वायुसेवा निगमको जहाज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .