ad ad

समाज


दिल्लीमा कोरोना आशंका गरिएकाको फोन प्रहरीले ट्रयाक गर्ने

दिल्लीमा कोरोना आशंका गरिएकाको फोन प्रहरीले ट्रयाक गर्ने

नेपालखबर
चैत १९, २०७६ बुधबार १५:५१,

भारतको दिल्ली सरकारले कोरोना भाइरसको आशंकामा क्वारन्टिनमा बस्न आदेश दिइएका व्यक्तिलाई मोबाइल फोनबाट ट्रयाकिङ गर्न थालेको छ।

क्वारन्टिन पालना गरेनगरेको हेर्न उनीहरुको फोन प्रहरीले ट्रयाक गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्।

‘घरमा सेल्फ क्वारन्टिनमा बस्न भनिएका मानिसले त्यसलाई पालना गरेका छन् छैनन्, प्रहरीको सहयोगमा तिनको ट्रयाकिङ गर्ने निर्णय हामीले लिएका छौँ,’ केजरीवालले भने।

ट्रयाकिङका लागि २५ हजार ४ सय २९ वटा मोबाइल नम्बर प्रहरीलाई दिइएको उनले जानकारी दिए।

केजरीवालले केन्द्र सरकारसँग थप कोरोना टेस्ट किट र स्वास्थ्यकर्मीका लागि पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट उपलब्ध गराउन पनि माग गरे।

कोरोना संक्रमितको उपचार गर्दागर्दै कुनै स्वास्थ्यकर्मीको मृत्यु भए उसको परिवारलाई एक करोड रुपैयाँ दिइने पनि उनले घोषणा गरे। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .