साउदी अरबमा कोरोना संक्रमण देखिएको बुधबार एक महिना पूरा भएको छ। हालसम्म साउदीमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय २० पुगेको छ। बुधबार थप १ सय ५७ जनामा संक्रमण देखिएको छ।
साउदीमा संक्रमितमध्ये हालसम्म २ सय ६४ जना निको भएका छन्। बुधबार ६ जना संक्रमितहरुको मृत्यु भएसँगै मर्नेको संख्या १६ पुगेको छ। बितेका एक महिनामा कुनै पनि नेपाली संक्रमित नभएको त्यहाँस्थित नेपाली दूतावासले जानकारी गराएको छ।
तर कोरोना संक्रमण घट्दो क्रममा नरहेकाले आउँदा दिनमा पनि उतिकै सावधानी अपनाउन दूतावासले सुझाव दिएको छ।
यसअघि साउदी सरकारले कामदारको सहमतिबिना बेतलबी विदामा राख्न नपाइने निर्देशन जारी गरेको छ। कम्पनीले कुनै कागजातमा हस्ताक्षर गर्न लगाउन सक्नेतर्फ सचेत रहन सरकारले श्रमिकलाई जानकारी गराएको छ।
3
Shares
प्रतिक्रिया