हालै विदेशबाट फर्किएका, उनीहरुसँग सम्पर्कमा आएका र कोरोना संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिलाई सरकारले १४ दिनसम्म घरभित्रै बस्न सुझाव दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै विदेशबाट फर्किएका र कोरोना संक्रमितसँग हालै सम्पर्कमा रहेका व्यक्तिले संचार गर्दा एक मिटरको दुरी कायम गर्न पनि भनेको छ।
सर्वसाधारणको लागि सूचना जारी गर्दै मन्त्रालयले भनेको छ, ‘गएको तीनहप्ता भित्र यदी तपाइँ विदेशबाट फर्किएका व्यक्तिसँग सम्पर्कमा आउनु भएको छ भने वा कोरोना भाइरस रोल लागेका व्यक्तिको सम्पर्कमा आउनु भएको छ भने, अब दुई हप्तासम्म घरमा बसिदिन अनुरोध छ। अरु व्यक्तिहरुबाट कम्तिमा एक मिटरको दुरी कायम गरिदिनु होला।’
मन्त्रालयले ज्वरो, खोकी र सास फेर्न गाह्रो भएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिएको छ।
3
Shares
प्रतिक्रिया