ad ad

समाज


भारतमा राति अस्पतालको झ्याल फाेरेर भागेका कोरोना संक्रमित नेपाली समातिए

भारतमा राति अस्पतालको झ्याल फाेरेर भागेका कोरोना संक्रमित नेपाली समातिए

नेपालखबर
चैत २५, २०७६ मंगलबार १२:५५,

भारतको उत्तर प्रदेशस्थित एक अस्पतालबाट भागेका कोरोना संक्रमित एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।

उत्तर प्रदेश बागपत जिल्लाको खेकडास्थित लेभल वान अस्पतालबाट सोमबार राति फरार भएका संक्रमित ती नेपालीलाई भारतीय प्रहरीले व्यापक खोजी गरी पत्ता लगाएको हो।

त्यहाँका प्रहरी प्रमुखले बीबीसीलाई बताएअनुसार धार्मिक ज्ञान आदानप्रदानका लागि तबलिगी जमाती समूहसँग भारत गएका उनी नेपालको सुनसरीस्थित भोक्राहाका हुन्।

गत शुक्रबार कोरोनाभाइरसको संक्रमण रहेको पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। तर सोमबार राति अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेका थिए।

बीबीसी नेपालीसँग कुरा गर्दै बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले १० टोली परिचालन गरी अहोरात्र खोजी गरेपछि ती संक्रमित नेपालीलाई फेला पारिएको बताएका छन्।

‘ती व्यक्तिलाई हामीले खेकडा क्षेत्रमै रहेको इँटाभट्टा नजिकैबाट नियन्त्रणमा लिएका छौं,’ प्रहरी सुपरिन्टेन्डेन्ट यादवले भनेका छन्।भारतको राजधानी दिल्लीबाट बागपत झन्डै ५० किलोमिटर टाढा पर्छ।

उनका अनुसार ६५ वर्षका ती व्यक्तिलाई जिल्ला अस्पतालमा कोभिड-१९ को उपचार गरिनेछ।

ती व्यक्ति २८ जना जमातसँग भारत पुगेका थिए। अन्य २७ जनामा काेराेना संक्रमण नदेखिए पनि उनीहरू बागपतमै क्वारन्टिनमा रहेको स्थानीय प्रहरी प्रमुखले बताएका छन्।

उनीहरू सबै सुनसरीकै बासिन्दा रहेको भारतीय प्रहरीलाई उधृत गर्दैै बीबीसीले जनाएको छ।

कोभिड-१९ विरुद्ध लकडाउन घोषणा भएपछि २१ सयभन्दा बढी नेपाली भारतमै क्वारेन्टिनमा रहेको प्रधानमन्त्री केपी ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .