ad ad

समाज


कपिलवस्तुका मृतकको कोरोना रिपोर्ट नेगेटिभ

कपिलवस्तुका मृतकको कोरोना रिपोर्ट नेगेटिभ

नेपालखबर
चैत २५, २०७६ मंगलबार १४:६,

कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो।

एक दिनअघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किशोर बञ्जााडेले बताए। बिरामीलाई शुक्रबार शिवराज नगरपालिकाको चन्द्रौटामा रहेको अस्पतालबाट सिफारिस गरी कपिलवस्तु अस्पताल पठाइएको थियो।

शुक्रबारदेखि अस्पतालको आइसोलेसनमा राखिएका कपिलवस्तु विजयनगर गाउँपालिका-२, जलैयाका ३० वर्षीय गोवर्द्धन भरको सोमबार राति मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले मंगलबार बिहान नेपालखबरलाई जानकारी दिएका थिए।

छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएकाले आइसोलेशनमा राखेर उपचार गरिएको बञ्जाडेले बताए। रिपोर्ट नेगेटिभ आएकाले उनको शव परिवारको जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए। रासस

कोरोना आशंकामा कपिलवस्तु अस्पतालमा उपचाररत युवकको मृत्यु, नमुना परीक्षणको नतिजा आउन बाँकी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .