ad ad

समाज


कोरोना संक्रमित बिरामी ओसारपसार गर्न ‘नास’ र सीसीएमसीबीच साझेदारी

कोरोना संक्रमित बिरामी ओसारपसार गर्न ‘नास’ र सीसीएमसीबीच साझेदारी

नेपालखबर
चैत २५, २०७६ मंगलबार १४:२८,

कोराना भाइरसको महामारीले विश्वलाई आतंकित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ। उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितको उपस्थितिमा भएको हो।

सीसीएमसीका संयोजक सचिव लक्ष्मण अर्याल र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जीत आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र काठमाडौं महानगरपालिका प्रशासन विभाग प्रमुख नमराज ढकालले पनि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात नासले कोभिड १९ का बिरामीहरु उपत्यकाभित्र ओसारपसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवा प्रदान गरेर नेपाल सरकारलाई सहयोग पुर्याउनेछ।

यस कार्यका लागि सबै सुविधा सहितका नासका ५ वटा एम्बुलेन्स सञ्चालन गरिनेछ जसमा इमर्जेन्सी मेडिकल टेक्निसियन, अन्य आवश्यक उपकरणहरु र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पीपीई पनि उपलब्ध हुनेछ। साथै कोभिड १९ सम्बन्धी बिरामीहरुको ओसारपसार सम्बन्धी अनुरोधहरु सबै निकायहरुले हाल सञ्चालनमा भएको १०२ नम्बरमा रिडाइरेक्ट गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .