ad ad

समाज


कोरोनाले सबैभन्दा ग्रस्त अमेरिकामा संक्रमितको संख्या चार लाखभन्दा बढी

कोरोनाले सबैभन्दा ग्रस्त अमेरिकामा संक्रमितको संख्या चार लाखभन्दा बढी

नेपालखबर
चैत २६, २०७६ बुधबार ६:३६,

कोरोना भाइरस ‘कोभिड १९’ ले सबैभन्दा बढी ग्रस्त बनेको मुलुक अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ।

अहिलेसम्म अमेरिकाका ४ लाख ५४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

यस्तै त्यहाँ १२ हजार ८५७ जनाको उक्त भाइरसका कारण मृत्यु भइसकेको छ। हालसम्म २१ हजार ७११ जना भने उपचारपछि स्वस्थ बनेका छन्।

विश्वभर १४ लाख ३२ हजार ३७३ कोरोना संक्रमित छन्। हालसम्म ८२ हजारको मृत्यु भइसकेको छ। ३ लाख २२ सय ९२ जना भने उपचारपछि स्वस्थ भएका छन्।

अमेरिकापछि कोरोनाले ग्रस्त मुलुक स्पेन हो। त्यहाँ १ लाख ४१ हजार ९४२ कोरोना संक्रमित छन्। त्यहाँ १४ हजार ४५ को मृत्यु भइसकेको छ।

यस्तै इटलीमा १ लाख ३५ हजार ५८६ संक्रमित छन् भने फ्रान्समा १ लाख ९ हजार ६८ जना कोरोना संक्रमित छन्।

कोरोनाको प्रभाव बढ्दै गएको अवस्थामा अमेरिकी चिकित्सकहरुले मास्क लगाउन सुझाव दिएका छन्। यद्यपी ट्रम्पले चिकित्सकको सुझाव अटेर गर्दै मास्क नलगाउने बताउँदै आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .