ad ad

समाज


कोभिड–१९ परिक्षणका लागि प्रत्येक प्रदेशमा ५ हजार आरडीटी वितरण

कोभिड–१९ परिक्षणका लागि प्रत्येक प्रदेशमा ५ हजार आरडीटी वितरण

नेपालखबर
चैत २७, २०७६ बिहिबार ११:५,

कुनै व्यक्तिमा कोरोना (कोभिड–१९) संक्रमण भएको छ कि छैन भनी छिटो परिक्षण गर्ने प्रबिधि (र्‍पापिड डायग्नोष्टिक टेष्ट) को उपकरणहरु हरेक प्रदेशमा ५ हजारका दरले पठाइएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित ब्रिफिङमा सो जानकारी गराएका हुन्।

सुदूरपश्चिममा एक जना स्थानीय संक्रमण भेटिएको र देशभर भारत तथा अन्य मुलुकबाट ठूलो संख्यामा मानिसहरु आएका कारण संक्रमणको जोखिम हुनसक्ने भनी सरकारले परिक्षणको दायरालाई तीव्र र व्यापक गर्ने निर्णय गरेको थियो।

‘प्रत्येक प्रदेशमा क्वारेन्टिनमा रहेका व्यक्तिहरुको परिक्षण गर्नको लागि ५ हजार प्रति प्रदेशको दरले आरडीटी (¥पापिड डायग्नोष्टिक टेष्ट) उपलब्ध गराइसकेका छौं,’ प्रवक्ता देवकोटाले बताए।

त्यसैगरी, बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीहरुलाई आरडीटीसम्बन्धी तालिम दिइसकिएको र त्यहाँ परिक्षण सुरु भइसकेको उनले बताए।

हाल बागलुङस्थित धौलागिरी अस्पतालमा दुई संक्रमितको उपचार जारी छ।

त्यसैगरी कैलाली र कञ्चनपुरमा आरडीटी बिधीबाट गरिएका ६६ रिपोर्ट राष्ट्रिय प्रयोगशालामा परिक्षण गर्दा संक्रमण नदेखिएको (नेगेटिभ) उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .