ad ad

समाज


सीमा क्षेत्रमा थप सुरक्षाकर्मी पठाउन गृहमन्त्रीको निर्देशन

सीमा क्षेत्रमा थप सुरक्षाकर्मी पठाउन गृहमन्त्रीको निर्देशन

नेपालखबर
बैशाख १, २०७७ सोमबार १०:५८,

भारतमा कोराना संक्रमण बढ्दै गएपछि सीमा क्षेत्रमा थप सुरक्षाकर्मी पठाउन गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका छन्।

सोमबार गृहसचिव महेश्वर न्यौपाने मार्फत तराईका जिल्लामा सशस्त्र प्रहरीको संख्या थप गर्न उनले निर्देशन दिएका हुन्।

पहाडी तथा हिमाली जिल्लामा रहेका सशस्त्र प्रहरीका अत्यावश्यकबाहेकका सबै जनशक्ति सीमा क्षेत्रमा खटाउने निर्देशन गृहमन्त्रीले दिएका छन्।

खुल्ला सिमानाका कारण तराईमा कोरोनाको जोखिम बढ्दै गएको भन्दै सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा केन्द्रित गर्न गृहमन्त्रीले निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।

नेपाल प्रहरीका समेत थप जनशक्ति तराईका जिल्लामा पठाउन निर्देशन दिएका छन्। भारतबाट आउने नेपालीमा पछिल्लो समय कोरोना संक्रमण देखिएको तथा कोराना संक्रमित भारतीय समेत फेला परेपछि सुरक्षा कर्मीलाई सीमानामा कडाइ गर्न निर्देशन दिइएको हो।

हाल सशस्त्र र नेपाल प्रहरीले सीमा क्षेत्रमा १ हजार ३ सय ३० चेकपोस्ट स्थापना गरेका छन्। दुवै संगठनका गरी १० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .