रोयल इन्फिल्डले ‘फोटोन’ विद्युतीय मोटरसाइकल सार्वजनिक गरेको छ। रोयल इन्फिल्ड क्लासिक ५०० को स्वरुपमा विद्युतीय मोटर जडित भएको कम्पनीले बताएको छ।
मोटरसाइकलमा १० किलोवाटको विद्युतीय मोटरले ११० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने कम्पनीले बताएको छ। बाइक क्लच र गियररहित हो।
२.५ किलोवाट आवर रहेको लिथियम आयन ब्याट्रीले फुलचार्जमा १३० किमि गुड्न सक्ने बताइएको छ। फास्ट चार्जबाट ब्याट्री फुल हुनको लागि ९० मिनेट लाग्छ।
फोटोनको मूल्य २० हजार ब्रिटिस पाउण्ड स्टर्लिङ हुने बताइएको छ।
प्रतिक्रिया