ad ad

समाज


‘भोड्का कोरोनाको औषधि’ भन्ने बेलारुसका राष्ट्रपतिको दाबीलाई नकारे वैज्ञानिकले

‘भोड्का कोरोनाको औषधि’ भन्ने बेलारुसका राष्ट्रपतिको दाबीलाई नकारे वैज्ञानिकले

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ६:४२,

वैज्ञानिकहरुले लुकासेन्कोको दाबी गलत भएको बताउँदै कोरोनाको औषधि र खोप परीक्षणकालमै भएको बताएका छन्।

महामारीविज्ञहरुले कोरोना भाइरसको औषधि र खोप हाल बनिरहेको र औषधी र खोप नबनुन्जेल विश्व स्वास्थ्य संगठनले जारी गरेको कोरोनाविरुद्धको उपायहरु अबलम्ब गर्न सुझाव दिएका छन्।

दोहोर्याउँदै २० सेकेन्ड हात धुन, कोरोना संक्रमितबाट टाढै रहन, रुघाखोकी लागेका मानिसबाट टाढै रहन, मास्क लगाउन, शारीरिक दुरीको नियमलाई पालना गर्न तथा सरसफाइमा ध्यान दिन संगठनले सुझाव दिएको छ।

लुकासेन्कोले यसअघि ट्र्याक्टर चलाउँदा, बाख्राहरुसँग खेल्दा कोरोना भाइरस नलाग्ने दाबी पनि गरेका थिए। ती दाबीहरु कल्पना मात्र भएको विज्ञहरु बताउँछन्।

हालै राष्ट्रपति लुकासेन्कोले बेलारुसमा कोरोना भाइरसबाट कसैको मृत्यु नभएको पनि दाबी गरेका छन्। उनले सरकारी तथ्यांकलाई नै नमान्ने बताएका हुन्।

विश्व स्वास्थ्य संगठनका अनुसार बेलारुसमा २ हजार ९१९ जना कोरोना संक्रमित छन्। त्यहाँ २९ जनाको मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .