आफ्नै श्रीमानलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन्।
खोटाङको बाह्रपोखरी गाउँपालिका–१ खुर्सानेका ५० बर्षीया श्रीमान छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन्।
मेनुकाले सोमबार खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी बाह्रपोखरीले जनाएको छ।
प्रतिक्रिया