चितवनमा र्यापिड टेस्ट बिधिबाट कोरोना परीक्षण गर्दा चार जनाको रिपोर्ट शंकास्पद आएपछि पीसीआर बिधिबाट परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको छ।
बुधबार रत्ननगरपालिकाको टाँडीस्थित गुञ्जमान अस्पतालमा गरिएको र्यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) गर्दा एक जनाको पोजिटिभ आएको थियो।
‘रत्ननगरका ४७ वर्षीय एक युवाको आरडीटी परीक्षण गर्दा पोजिटिभ देखियो,’ चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. दीपक तिवारीले नेपालखबरलाइ बताए, ‘मंगलबार ३ जनाको परिक्षण गर्दा र्यापिड टेष्टमा दुईजनाको नेगेटिभ र एक जनाको नतिजा नै आएन। त्यसपछि पीसीआर बिधिबाट परीक्षण गर्नको लागि चारै जनाको स्वाव (नमूना) भरतपुर ल्याइएको छ।’
उनीहरुको पीसीआरबाट थप परीक्षण गर्न भरतपुरमा स्वाब पठाइएको हो।
जिल्ला जनस्वास्थ्य प्रवक्ता लिला पाैडेलका अनुसार चितवनका बिभिन्न स्थानबाट संकलन गरिएका अन्य २७ जनाकाे स्वाब (नमूना) पनि परीक्षण भइरहेकाे छ।
(यो रिपोर्टमा पछिल्लो स्रोतले दिएको थप विवरण अनुसार परिमार्जन गरिएको छ– सम्पादक)
प्रतिक्रिया