त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक्सरे टेक्निसियन राज कुमार ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड २ हजार ८ सय ८६ रुपैयाँ पैसठी पैसा विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अनुसन्धानका क्रममा ढकालको दुई करोड दुई हजार आठ सय छ्यासी रुपैयाँ पैसठी पैसा सम्पत्तिको वैद्य स्रोत खुल्न नसकेको र गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र राममणी लामिछानेको नाममा चल÷अचल सम्पत्ति लुकाई राखेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।
ढकालले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्ति तथा लगानी एवं घर निर्माण लागत लगायतका खर्चहरू भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २(ख) बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको बिगो बराबरको एकाघर श्रीमती निरजरा घिमिरे, राममणी लामिछाने र आफ्नै नाममा राखिएको सम्पत्ति रोक्का राखी सो सम्पत्तिबाट असूल उपर र जफत गरी नपुग बिगोका हकमा प्रचलित कानूनबमोजिम राज कुमार ढकालबाटै असूल उपर गरी जफत गरी पाउनसमेत मागदाबी लिइएको छ।
प्रतिक्रिया