ad ad

समाज


एकै दिन १४ जनामा कोरोना पुष्टि, स‌ंक्रमितको संख्या ३० पुग्यो

एकै दिन १४ जनामा कोरोना पुष्टि, स‌ंक्रमितको संख्या ३० पुग्यो

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार १३:२३,

कोरोनाबाट संक्रमितको संख्या शुक्रबार मात्रै १४ जना थपिएका छन्।

शुक्रबार उदयपुरमा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले नेपालखबरलाई बताए।

उदयपुरकाे एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेकाे बताइएकाे छ।

'यिनिहरु आयातित नै भएको बुझिएको छ,' कार्कीले बताए।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार उदयपुर जिल्लामा ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षीय र चितवन जिल्लामा २७ र ६३ बर्षीयमा थप कोरोना संक्रमण देखिएको हो।

तर उदयपुरको केसले समुदायमा संक्रमित गराउँछ कि भन्ने डर देखाएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका सबै संक्रमित पुरुष भएको जनाएको छ। 

चितवनबाट बिहीबार बेलुका ल्याइएकाे २ वटा स्वाबकाे रिपाेर्ट पाेजिटिभ देखिएकाे भरतपुर अस्पतालका अध्यक्ष डा भाेजराज अधिकारीले नेपालखबरलाइ बताए।

'बेलायतबाट एक महिनाअघि फर्किएका आमा छोरामा कोरोना पोजिटिभ देखिएको हो। यसअघि भरतपुरमैं गरिएको पीसीआर परीक्षणमा पनि पोजिटिभ देखिए पनि थप पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो,' अधिकारीले बताए। दुवै जनालाई भरतपुर अस्पतालको आइसोलेसनमा राखेर उपचार भैरहेको अधिकारीले जनाए। 'दुवैको अवस्था सामान्य छ' अधिकारले भने। 

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वाशुदेव पाण्डेले एकैदिन १४ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम बढेको र थप सतर्कता अपनाउनु पर्ने देखिएको बताए।

याे पनि: 
चितवनमा पीसीआर परीक्षणमा पनि २ जनाको रिपोर्ट ‘शंकास्पद’ आएपछि स्वाव राष्ट्रिय प्रयोशाला पठाइयो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .