ad ad

समाज


थामिएन अमेरिकामा कोरोना महामारी: मृतक ३७ हजार माथि, संक्रमित ७ लाख

थामिएन अमेरिकामा कोरोना महामारी: मृतक ३७ हजार माथि, संक्रमित ७ लाख

नेपालखबर
बैशाख ६, २०७७ शनिबार ०:३७,

कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी पीडित अमेरिकामा यसको संक्रमणका कारण ३७ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ७ लाख नाघेको छ।

नेपाली समय शनिबार बिहान सवा ६ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार अमेरिकामा कोरोनाबाट ३७ हजार १ सय ३५ जनाको मृत्यु भएको हो। यसैगरी यो भाइरसको संक्रमणमा पर्नेको संख्या ७ लाख ९ हजार २ सय १ पुगेको हो।

अमेरिकापछि कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी इटली र स्पेन आक्रान्त छन्।

इटलीमा कोरोनाका कारण यो खबर लेख्दासम्म २२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ भने स्पेनमा २० हजार २ जनाको मृत्यु भएको छ।

यसैगरी कोरोना संक्रमितको संख्या स्पेनमा १ लाख ९० हजार ८ सय ३९ तथा इटलीमा १ लाख ७२ हजार ४ सय ३४ पुगेको छ।

याे पनि: 

अमेरिकामा कोरोनाले संक्रमण/मृत्यु बढेको बढ्यै, तर ट्रम्पले सार्वजनिक गरे लकडाउन खुलाउने यस्तो योजना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .