कोरोना भाइरसको संक्रमण पुष्टि भएका १२ जनालाई उपचारका लागि विराटनगरस्थित काेसी अस्पताल काेभिड-१९ उपचार केन्द्र लगिएको छ।
त्यहाँ आइसोलेसनमा राखेर उनीहरूको उपचार सुरु गरिएकाे प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन्।
मन्त्री कार्कीले ट्विट गरेका छन्, ‘हिजो १२जना कोभिड-१९ पोजिटिभ भेटिएका व्यक्तिलाई हिजो उदयपुरबाट विराटनगर ल्याई उपचार सुरु भएकोछ। नेपालमा अस्तिसम्म १६ जना, हिजो उदयपुरमा १२ जना, चितवनमा २ जना गरी हिजोसम्मको परीक्षणबाट ३० जना संक्रमित भएको पुष्टि भएको छ। सचेत बनौं, आफू बचौं र अरूलाई नि बाँच्न दिऔं।’
ती १२ मध्ये ११ भारतीय र १ नेपाली छन्।
हिजो १२जना Covid-१९को पोजेटिभ भेटिएका ब्यक्ती हिजो उदयपुर बाट बिराटनगर ल्याई उपचार शुरु भएकोछ।नेपालमा अस्ति सम्म १६जना हिजो उदयपुरमा १२ जना , चितवनमा २ जना गरि हिजो सम्मको परिक्षण बाट ३० जना संक्रमित भएको पुष्टीभएको छ। सचेत बनौ , "आफू बचौ र अरुलाई नि बाच्न दिऔ।"
— Hikmat Kumar Karki (@HikmatKumarKar1) April 18, 2020याे पनि:
उदयपुरमा भेटिएका १२ जना संक्रमित वीरगन्जमा भेटिएका संक्रमितसँगै तीन जिल्ला घुमेका थिए
प्रतिक्रिया