ad ad

समाज


जनकपुर नर्सिङ कलेजमा आइसोलेसन नबनाउन भन्दै स्थानीयको विरोध

जनकपुर नर्सिङ कलेजमा आइसोलेसन नबनाउन भन्दै स्थानीयको विरोध

शैलेन्द्र महतो
बैशाख ६, २०७७ शनिबार ६:१७,

जनकपुर नर्सिङ कलेजमा कोरोना संक्रमणसम्बन्धी उपचारका लागि आइसोलेसन वार्ड निर्माण गर्न थालिएपछि स्थानीयले विरोध गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका-१० स्थित प्रादेशिक अस्पताल परिसरमा रहेको नर्सिङ कलेजको छात्रावासलाई ५० बेडको आइसोलेसन वार्डमा परिणत गर्न थालिएको हो।

जनकपुर नर्सिङ कलेज-

janakpurnarsinghome

तर त्यसमा कोरोना संक्रमित बिरामी राख्दा बस्तीमा संक्रमण फैलिने खतरा बढ्ने भन्दै स्थानीय विरोधमा उत्रिएका हुन्।

सरकारले घना बस्तीबीच आइसोलेसन वार्ड निर्माण गर्न लागेर बस्तरीलाई खतरामा पार्न खोजेको स्थानीय जिवेश झाले गुनासो गरे।

‘आइसोलेसन बस्तीभन्दा टाढा निर्माण गरिनुपथ्र्याे। जनकपुरकै मनिपालमा पर्याप्त भौतिक संरचना छन्। तर सरकारले बस्तीको बीचमा रहेको नर्सिङ कजेलमै किन बनाएको,’ उनले भने।

अर्का स्थानीय मनोज झाले पनि सरकारले घना बस्तीबीचमा कोरोना उपचारको आइसोलेसन बनाएर आफूहरूलाई जोखिममा पारेको दुखेसो पोखे।

यो आफूहरूलाई मान्य नहुने भएकाले बाक्लो बस्तीभन्दा अलि पर आइसोलेसन वार्ड निर्माण गर्न उनले सरकारलाई आग्रह गरेका छन्।

यता प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डा. नागेन्द्र यादव भने जनताकै सेवा र उपचारका लागि आइसोलेसन निर्माण भइरहेको बताउँछन्।

मेडिकल सुपरिटेन्डेन्ट डा। यादवले नेपाल सरकारको निर्देशनअनुसार प्रादेशिक अस्पतालमै सुविधा–सम्पन्न आइसोलेसन वार्ड निर्माण भइरहेको जानकारी दिए।

यसअघि प्रदेश २ सरकारको निर्णयअनुसार कोरोना संक्रमित तथा यसका शंकास्पद बिरामीको उपचारका लागि प्रादेशिक अस्पतालमा १२ बेडको आइसोलेसन वार्ड बनिसकेको छ।

फेरि थप आइसोलेसन वार्ड बनाउन सरकारले दिएको निर्देशनअनुसार काम गरिएको प्रादेशिक अस्पतालले जनाएको छ।

आइसोलेसन बेड निर्माण भइरहेको स्थानमा संक्रमण फैलिन नदिन छात्रावासका झ्याललाई एयर ब्लक, प्रत्येक कोठामा एसी, ठाउँठाउँमा सीसीटीभी राखिने र त्यस क्षेत्रका सडकमा बेलाबेला सेनिटाइजर छर्ने व्यवस्थाको तयारी भइरहरको मेडिकल सुपरिटेन्डेन्ट यादवले जानकारी दिए।

प्रादेशिक अस्पताल (जनकपुर) र नारायणी उपक्षेत्रीय अस्पताल (वीरगन्ज) मा कोरोनाको लेभल–२ सम्मको जटिल प्रकृतिका बिरामीको समेत उपचार गर्ने सरकारले निर्णय गरेको छ।

यस्तै जनकपुरस्थित जानकी मेडिकल शिक्षण अस्पताल र राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा पनि यस्तै सेवा सञ्चालन गर्ने सरकारले तयारी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .