ad ad

समाज


कपनमा भइरहेको अवैध बालुुवा उत्खनन् रोक्दा प्रहरी इन्चार्ज केसीको सरुवा

कपनमा भइरहेको अवैध बालुुवा उत्खनन् रोक्दा प्रहरी इन्चार्ज केसीको सरुवा

नेपालखबर
बैशाख ६, २०७७ शनिबार १०:३७,

काठमाडौंको कपन क्षेत्रमा भइरहको अवैध बालुवा उत्खनन् रोक्दा प्रहरी इन्चार्जको सरुवा भएको छ।

स्थानीय जनप्रतिनिधिको समेत संलग्नतामा कपन क्याम्पस हाताभित्रबाट भइरहेको अवैध बालुवा उत्खनन् रोक्दा महानगरीय प्रहरी प्रभाग कपनकी इन्चार्ज इन्स्पेक्टर सुरक्षा केसीको सरुवा भएको हो।

प्रहरी प्रधान कार्यालयले शुक्रबार केसीलाई हटाएर सो ठाउँमा अर्का इन्स्पेक्टर शेखरजंग मल्ललाई इन्चार्ज बनाएको छ।

अवैध उत्खननका कारण पहिरोको जोखिममा परेको कपन क्याम्पस सँगैको वस्ती।

काजमा एकेडेमी ल्याइएकी केसीलाई कपनबाट हटाउन स्थानीय जनप्रतिनिधि समेत लामो समयदेखि जोडबल गरिरहेका थिए।

कपन क्याम्पसबाट उत्खनन् गरिएको बालुवा बेच्ने जनप्रतिनिधिको निर्णयमा प्रहरी असहमत थियो। क्याम्पसको भवन निर्माणका लागि त्यहाँको बालुवा प्रयोग गर्न दिए पनि बालुुवा बेच्न प्रहरीले रोक्दै आएको थियो। क्याम्पस प्रशासन र स्थानीय जनप्रतिनिधि क्याम्पसको हाताबाट बालुवा उत्खनन् गरेर अन्यत्र बिक्री गर्ने खेलमा थिए।

कपन क्याम्पस प्रांगणमा रहेको बालुवा खानी

बालुुवा उत्खनन्का कारण कपन क्याम्पसका भवनसमेत जोखिममा परेका छन्। तर गएको पस ९ गते क्याम्पस र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० ले एकसाथ विज्ञप्ति जारी गर्दै बालुवा बेच्ने निर्णयको बचाउ गरेका थिए।

उनीहरुले क्याम्पसको हाताबाट उत्खनन् गरेर बालुवा बेच्न पाउनु पर्ने बताएका छन्। निर्माणाधीन भवनका लागि बालुुवा प्रयोग गरे पनि अन्यत्र बेच्न भने नमिल्ने अडानमा प्रहरी थियो। बालुुवा बेच्न नपाएपछि स्थानीय जनप्रतिनिधिको जोडबलमा लकडाउनकैबीच एक वर्ष नपुुग्दै इन्चार्जको सरुवा गरिएको हो। क्याम्पसको हाताभित्रबाट जथाभावी रुपमा बालुुवा उत्खनन् भइरहेको छ।

कपन क्याम्पस प्रांगणमा रहेको बालुवा खानी

वि.सं.२०७० चैत ९ गते प्रहरी निरीक्षकबाट सेना सुरु गरेकी केसी ९० दिने कमान्डो तालिम लिने एक मात्र महिला प्रहरी अधिकृत हुन्। ९० दिने यो कमान्डो तालिम प्रहरीभित्रकै सबैभन्दा कठिन तालिम हो।

क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट सेवा सुरु गरेकी केसीले जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय पशुपतिनगर, बानेश्वर वृत्त, कालिमाटीस्थित महिला वालवालिका सेल, बारा र कन्चनपुुरमा काम गरिसकेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .