ad ad

समाज


धेरै गुनासो आएपछि भारतमा र्‍यापिड टेस्ट स्थगित

धेरै गुनासो आएपछि भारतमा र्‍यापिड टेस्ट स्थगित

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १७:२,

द्रूत बिधिबाट (आरडीटी) कोरोना परीक्षण गर्दा गलत रिपोर्ट धेरै आएको गुनासो बढेपछि र्‍यापिड टेस्ट किट्सबाट गरिने परीक्षण हाललाई दुई दिनका लागि स्थगित गरिएको छ।

भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले राज्यहरुलाई त्यस्तो बिधिबाट परीक्षण रोक्न मंगलबार निर्देशन दिएको हो।
उसले आफ्ना टोलीहरुले ती उपकरणहरुको स्थलगत रुपमैं अध्ययन गरेपछि एउटा निर्देशिका जारी गर्ने बताएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

‘हामीले एउटा राज्यबाट यसबारे गुनासो प्राप्त गरिसकेका छौं भने अन्य तीन राज्यसँग छलफल गरेका छौं। र्‍यापिड टेस्ट किट्सबाट गरिएको परीक्षण र आरटी–पीसीआर किट्सबाट गरिएकोमा व्यापक भिन्नता आएको छ,’ सो काउन्सिलका डा. रमन आर. गंगाखेडकरले बताए।

उनले दुई दिनभित्र एउटा प्रष्ट निर्देशिका जारी गर्ने र ती सामाग्रीमा धेरै समस्या देखिएमा उत्पादक कम्पनीलाई ती सामान फेरेर नयाँ उपलब्ध गर्न भन्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .