भारतका राष्ट्रपति रामनाथ कोविन्दकी श्रीमती सविता कोविन्दले आश्रय घरहरुका लागि मास्क बनाएकी छिन्।
कोरोना भाइरस प्रकोप फैलनबाट मास्कले जोगाउँछ। आश्रय घरहरुमा मास्कको अभाव भएपछि राष्ट्रपतिका श्रीमती नै मास्क बनाउन अग्रसर भएकी हुन्।
सविता कोविन्दले बनाएको मास्क दिल्लीका विभिन्न स्थानमा रहेका आश्रय घरमा बाँडिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
हाल राष्ट्रपति कोविन्दकी श्रीमतीले गरेको कामको भारतभर प्रशंसा भइरहेको छ। एजेन्सी
कोविन्द दम्पत्ति
प्रतिक्रिया