माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले आफ्नो र श्रीमतीको नाममा सन् २००० मा परोपकारी संस्था ‘बिल एन्ड मेलिन्डा फाउन्डेसन’ स्थापना गरेका थिए।
हाल सोही फाउन्डेसनमार्फत गेट्स दम्पत्तिले कोरोनाविरुद्धको खोप बनाउन ठूलो लगानी गरेका छन्।
४० अर्ब अमेरिकी डलरभन्दा बढी रकम गेट्सले हाल देखिएको महामारीको औषधि र खोप निर्माणमा खर्च गरेको ब्लुमबर्गले उल्लेख गरेको छ।
गेट्सले सीएनएनसँग भनेका छन्,‘यदी सबै काम योजनाअनुसार भयो भने हामीले १२ महिनाभित्र कोरोनाविरुद्धको खोप तयार गर्नेछौं।’
गेट्स दम्पत्तिले कोरोना प्रकोपबीच त्यसको खतरासँग जुध्नका लागि विश्व स्वास्थ्य संगठनलाई २५ करोड अमेरिकी डलर सहयोग गरिसकेका छन्।
गेट्सले आफूले अमेरिकी राष्ट्रपति कार्यालयका महामारीविज्ञ एन्थोनी फाउसीसँग छलफल गरेको र कोरोनाको खोप बनाउन १८ महिनासम्म लाग्नु सामान्य विषय भएको जानकारी दिए। एजेन्सी
Shares
प्रतिक्रिया