कोरोना भाइरस ‘कोभिड १९’ का कारण लाखौं मानिसले ज्यान गुमाएका छन् भने लाखौं बिरामी छन्।
विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमणबाट जोगिन शारीरिक दुरीको नियम पालना गर्न भनेको छ।
संगठनले व्यक्ति–व्यक्तिबीचको दुरी २ मिटर हुनुपर्ने बताइरहँदा एल साल्भाडोरको एक कैदीगृहको तस्बिर सार्वजनिक भएको छ।
जहाँ सयौं कैदीलाई एक साथ राखिएको छ। उनीहरुलाई शारीरिक दुरीको नियम पालना गर्न लगाइएको छैन।
उनीहरु टाँसिएर बसेको तस्बिर सार्वजनिक हुँदा सोही तस्बिरमा प्रहरीले भने मास्क लगाएको देख्न सकिन्छ र उनीहरुले शारीरिक दुरीको नियम पालना गरेको पनि देखिएको छ।
राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर अकाउन्टबाटै उक्त तस्बिर सार्वजनिक भएपछि हाल यतिबेला एल साल्भाडोर सरकारको चर्को आलोचना भएको छ।
यस घटनाले मानवअधिकारको उल्लंघन गर्ने पनि विश्लेषण भइरहेको छ। एजेन्सी
प्रतिक्रिया