ad ad

समाज


कोरोना भाइरस समाप्त गर्न सफल भएकोमा डब्लूएचओले वुहानलाई दियो बधाई

कोरोना भाइरस समाप्त गर्न सफल भएकोमा डब्लूएचओले वुहानलाई दियो बधाई

नेपालखबर
बैशाख २०, २०७७ शनिबार ७:१,

सन् २०१९ को डिसेम्बर महिनाको अन्तिममा वुहानको माछा बजारमा पहिलोपटक नयाँ कोरोना भाइरसको संक्रमण देखिएको थियो।

वुहान गत अप्रिल महिनाको ८ तारिखबाट पूर्ण रुपमा खुला भइसकेको छ। हाल त्यहाँको अवस्था सामान्य छ।

३ महिनाको लकडाउन तथा परीक्षण र प्रभावकारी उपचारपछि वुहानमा यतिबेला कोरोना भाइरसको प्रभाव देखिँदैन। केही महिना अगाडि चिनियाँ राष्ट्रपति सी चिनफिङ वुहानको भ्रमण गरेर त्यहाँ कोरोना भाइरस समाप्त भएको बताएका थिए।

केही कोरोना संक्रमित भएपनि उनीहरुको अवस्था सामान्य रहेको तथा राम्रोसँग उपचार भइरहेको चिनियाँ अधिकारीहरुले बताएका छन्।

यसबीचमा विश्व स्वास्थ्य संगठन डब्लूएचओले वुहानलाई कोरोना भाइरस समाप्त गर्न सफल भएको भन्दै बधाई दिएको छ।

‘वुहानमा गम्भीर बिरामी नहुनु शुभ समाचार हो। पहिले वुहान कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको क्षेत्र हो’ डब्लूएचओकी स्वास्थ्य आपतकालिन कार्यक्रमकी प्रमुख डाक्टर मारिया भान कर्कहोभले भनेकी छिन्,‘प्रशंसा बाहेक अरू केही छैन र वुहानका जनताको अथक प्रयासको लागि धन्यवाद।’

डाक्टर मारियाले चीनले कोरोना भाइरस नियन्त्रणमा खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै चिनियाँ डाक्टरले साटेको अनुभवले विश्वलाई कोरोनासँग जुध्न थप उर्जा मिलेको पनि बताइन्। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .