ad ad

समाज


आत्महत्या दुरुत्सानको अभियोगमा पक्राउ परेका प्रहरी जवानमाथि अनुसन्धान सुरु

आत्महत्या दुरुत्सानको अभियोगमा पक्राउ परेका प्रहरी जवानमाथि अनुसन्धान सुरु

नेपालखबर
बैशाख २०, २०७७ शनिबार ७:२,

बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिएको छ।

तनहुँको व्यास नगरपालिका–८ का स्थायी बासिन्दा दवाडी जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत थिए।

मृतक किसानले लेखेको सुसाइटनोट र परिवारले दिएको जाहेरीका आधारमा दवाडीलाई हिरासतमा लिइ अनुसन्धान सुरु गरिएको हो। जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै मृतक सम्झना किसानका बुबा खड्कबहादुर सार्कीले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी जाहेरी दिएका थिए।

सार्कीले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि दवाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालिएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए। दवाडीविरुद्व आत्महत्या दुरुत्साहनअन्र्तगत मुद्दा दायर गर्ने तयारी भएको प्रनि केसीले बताए। गत भदौ १ गतेदेखि कार्यान्वयनमा आएको देवानी संहिता २०७६ ले आत्महत्या दुरुत्साहन गर्नेलाई समेत कारबाहीको व्यवस्था गरेको छ। आत्महत्या दुरुस्साहन मुद्दामा पाँच वर्षसम्म कैद र रु ५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको छ।

सम्झना मंगलबार बिहान आफू बस्दै आएको कोठाको सिलिङमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। सम्झनाले जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई सम्बोधन गरी लेखेको सुसाइटनोटमा त्यहीँ कार्यरत प्रहरी जवान राकेश दवाडीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख छ।

आत्महत्या गर्नुपूर्व सम्झनाले प्रहरी प्रमुखलाई सम्बोधन गरी लेखेको नोटमा दोषीमाथि आवश्यक छानबिन गरी कारबाही गर्न अनुरोध गरिएको छ। विसं २०७५ भदौ ५ गतेदेखि प्रहरी जवान दवाडीसँग चिनजान भई मायामा फस्दा बिचल्ली भई आत्महत्याको बाटो रोज्नुपरेको सुसाइटनोटमा उल्लेख छ।

दवाडीविरुद्ध मुद्दा दर्ता भएर म्याद थप भएपछि परिवारले मृतक सम्झनाको शवलाई शुक्रबार दाहसंस्कार गरेका छन्। प्रहरीले उनीहरुको सम्बन्ध, मोबाइलमा भएका पछिल्ला संवादलगायत विषयमा अनुसन्धान थालेको छ। कानूनअनुसार, दोषी ठहर हुने अवस्था आए अदालतले उनलाई कारबाही तोक्ने र सोहीअनुसार हुने केसीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .