ad ad

समाज


रत्ननगरले सुरु गर्‍यो बाँझो जमिनमा सामूहिक खेती अभियान

रत्ननगरले सुरु गर्‍यो बाँझो जमिनमा सामूहिक खेती अभियान

नेपालखबर
बैशाख २०, २०७७ शनिबार ८:२७,

चितवनको रत्ननगर नगरपालिकाले बाँझो जमिनमा सामूहिक खेती गर्ने अभियान सुरु गरेको छ।

नगरापालिका भित्र बाँझो रहेका प्लटिङ तथा अन्य सार्वजनिक जग्गामा खेती सुरु गरिएको छ।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउने उद्देश्यले बाझो जमिनमा सामूहिक खेती सुरु गरिएको नगरपालिकाका मेयर नारायण वनले बताए।

उनका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर १४ पिठुवामा रहेको करिब ३० विगहा बाँझो जमिनमा खेती गर्न सुरु गरिएको छ। नगरपालिकाले विपन्न वर्गका ३ सय परिवारलाई ५० समूह बनाई सामूहिक खेतीको सुरुवात गरेको हो। सामूहिक खेतीमा प्रोत्साहन गर्न नगरपालिकाले जमिन जोत्न तेल खर्चसँगै मकै र बोडीको बिउ उपलब्ध गराएको छ। यस्तै बाँझो जग्गा राख्नेलाई जरिवाना समेत गर्दै आएको छ।

विपन्न समूहलाई काम नभएर सरकारले राहत दिनुपर्ने तर जमिन बाँझो रहने स्थिति रहेकाले नगरभित्र रहेको सबै जमिनमा खेती गर्ने अभियान सञ्चालन गरिएको मेयर वनले बताए।

कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि लकडाउन गरीएपछि समस्यामा परेका विपन्न वर्गका लागि नगरपालिकाले ८२ लाख रुपैयाँ बराबरको राहत वितरण गरेको थियो। काम नभएर राहत वितरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि नगरपालिकाले निःशुल्क जमिन र बिउबिजन उपलब्ध गराएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .