भारतको दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका सबै नेपालीलाई जो जहाँ छन्, त्यहीँ बस्न आग्रह गरेको छ।
नेपालमा लकडाउन गरिएको र सिमाना बन्द भएकाले धैर्य गरेर आआफ्नो स्थानमा बस्न दूतावासले आग्रह गरेको हो।
‘सीमा नाका बन्द रहेकाले कसैको भ्रामक सूचनाको पछि लागी नेपाल जाने प्रयास नगर्नु हुन र आधिकारिक सूचनामा मात्र विश्वास गर्नुहुन राजदूतावास अनुरोध गर्दछ,' दूतावासले भनेको छ।
आपत परेको अवस्थामा दूतावासको हटलाइन नम्बरहरुमा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ।
प्रतिक्रिया