ad ad

समाज


पत्रिकाका सम्पादक, जो कामबाट निकालिएपछि भए बेघर

पत्रिकाका सम्पादक, जो कामबाट निकालिएपछि भए बेघर

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार १०:११,

बुधबार उनी कामबाट निकालिए। शुक्रबार उनी एउटा मोटेलमा बस्न पुगे।

इन्डियाना राज्यको ब्लुमिङ्टन सहरस्थित द हेराल्ड टाइम्सका एक सम्पादक थिए, रिच ज्याक्सन। ५४ वर्षीय ज्याक्सनले बुधबार पार्किङमै आफू निष्कासित भएको खबर सुने।

त्यतिमात्र होइन, पत्रिकाले नै दिएको अपार्टमेन्ट समेत खाली गर्न उनलाई भनिएको थियो। जहाँ उनी १० महिनादेखि बसिरहेका थिए।

न्युजरुम जान नपाएपछि उनले एउटा ब्लग खोले, जसको नाम छ– द होमलेस एडिटर।

‘लेखनमा म जहिले पनि महत्वपूर्ण शब्दहरुलाई ध्यान दिन्छु,’ उनी भन्छन्।

ब्लगमा उनले गरेका चार वटा पोस्टले २७ हजारभन्दा बढी भ्युज पाइसकेका छन्।

‘मात्र ३० मिनेटमा म कोहीबाट कोही न कोही भएँ,’ उनले ब्लगमा लेखेका छन्।

उनी कार्यरत पत्रिकाको स्वामित्व रहेको मास मिडिया होल्डिङ कम्पनीकी एक प्रवक्ताले पत्रिका मर्जरका कारण उनीलाई निकालिएको बताइन्। जहाँ उनी सिनियर एक्जेक्युटिभ एडिटर थिए।

ज्याकसन घरबारविहीनताका विषयमा कलम चलाउँछन्।

‘हाम्रा ठूला सहरमा सडकमा सडकमा बस्नेहरु मात्र घरबारविहीन व्यक्ति होइनन्,’ उनले लेखेका छन्, ‘घरबारविहीन भीड मजस्तो हुन्छ– जसको घर भन्ने कुनै ठेगाना हुँदैन।’

शुक्रबारसम्ममा उनले अपार्टमेन्ट खाली गरिसक्नुपर्ने थियो। त्यसयता उनी एक मोटेलमा बसिरहेका छन्। अहिले उनी कामको खोजीमा छन्।

‘समाचार कक्षमा म न्यानो सिरकमा बेरिएजस्तो महसुस गर्छु। त्यही मेरो घर हो,’ उनी भन्छन्। द न्युयोर्क टाइम्स 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .