ad ad

समाज


नेपालगञ्जमा कति सकियो कन्ट्याक्ट ट्रेसिङ?

नेपालगञ्जमा कति सकियो कन्ट्याक्ट ट्रेसिङ?

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार १०:१९,

२३ जना कोरोना संक्रमित भेटिएको नेपालगञ्जमा मंगलबार दिउँसोसम्मको स्थिति हेर्दा संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरु पत्ता लगाउने काम (कन्ट्याक्ट ट्रेसिङ) सुस्त देखिएको छ।

मंगलबार दिउँसोसम्म १२ जना संक्रमितसँग सम्पर्कमा रहेकाहरुको मात्रै कन्ट्याक्ट ट्रेसिङको काम सकिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी शिवबहादुर सिंहले बताए।

‘हालसम्म १२ जनाको कन्ट्याक्ट ट्रेसिङ सकिएको छ। पूराना १६ मध्ये बाँकी ४ जनाको आज बेलुकासम्म सकिन्छ होला,’ सिंहले मंगलबार दिउँसो नेपालखबरसँग भने।

मंगलबार बिहान नै पुष्टि भएका थप ७ जनालाई भने दिउँसो मात्रै बाँकेको खजुरास्थित आइसोलेसनमा लगिएको थियो।

उनीहरुलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखिनेछ। त्यसपछिमात्रै उनीहरुको कन्ट्याक्ट ट्रेसिङ हुनेछ।

‘कन्ट्याक्ट ट्रेसिङमा हाम्रो टोली नै खटिएको छ। एकजनाको संकलन गर्दा एक घण्टा बढी समय लाग्ने भएकाले काम विस्तारै अघि बढेको हो,’ डीएसपी सिंहले भने, ‘सबैको संकलन भएपछि उनीहरु को–कोसँग सम्पर्कमा आएका थिए पत्ता लाग्नेछ। त्यो विवरण हामी सम्बन्धित निकायलाई बुझाउँने छौं।’

शुक्रबार बाँकेका ६० वर्षीय पुरुषलाई कोरोना संक्रमित भेटिएको थियो। उनको सम्पर्कमा आएकाहरुलाई परीक्षण गर्दा आइतबार एकैदिन १५ जनालाई र मंगलबार थप ७ जनालाई कोरोना संक्रमण भेटिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .