ad ad

समाज


न्युयोर्कमा अनौठो लक्षण देखिएका बालबालिका अस्पताल भर्ना, कोरोना संक्रमणको आशंका

न्युयोर्कमा अनौठो लक्षण देखिएका बालबालिका अस्पताल भर्ना, कोरोना संक्रमणको आशंका

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार १२:५४,

गएको ३ हप्तायता न्युयोर्कका अस्पतालहरुमा त्यस्ता ६४ बालबालिका भर्ना भइसकेका छन्।

चिकित्सकहरुले बालबालिकको यस अवस्थालाई ‘पेडियाट्रिक मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ भनेका छन्।

यसअघि न्युयोर्कमा १५ बिरामीमा पनि यस्तै लक्षणहरु देखिएको थियो। उनीहरुमा लगातार ज्वरो आउने, झट्ट ज्वरो आउने र कावासाकी फिभर जसले नशा, धमनी सुन्निने र नाक, मुख र घाँटीमा असर परेको देखिएको थियो।

उनीहरुमा सुख्खा ओठ, आँखा रातो हुने, हात तथा खुट्टा सुन्निने समस्या पनि देखिएको थियो। परीक्षणपछि उनीहरुमा कोरोना भाइरस संक्रमण भएको देखिएको थियो।

हाल बिरामी परेका बालबालिकामा पनि कोरोनाको आशंका गरिएको छ। यसअघि चिकित्सकले भनेका कोरोनाको लक्षणहरु नयाँ लक्षणसँग मिल्दैन।

चिकित्सकहरुले नयाँ लक्षणहरु देखिएमा सजग रहन आग्रह गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .