ad ad

समाज


नेपालगञ्जमा थप १ जनालाई कोरोना संक्रमण देखियो

नेपालगञ्जमा थप १ जनालाई कोरोना संक्रमण देखियो

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार १०:३१,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको हो। 

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय युवामा पोजिटिभ देखिएको बताए।

योसँगै नेपालगञ्जमा संक्रमितको संख्या २४ पुगेको छ। नेपालमा भने जम्मा संक्रमितको संख्या १०२ पुगेको छ। त्यसमध्ये २७ जना निको भएर घर फर्किसकेका छन्।

निको भएका थप ३ जनालाई फलोअपका क्रममा पुन: कोरोना देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .