ad ad

समाज


घटेन कोरोनाकाे कहर : एकै दिन ८५ हजार नयाँ संक्रमित थपिए, ५३ सय भन्दा बढीको मृत्यु

घटेन कोरोनाकाे कहर : एकै दिन ८५ हजार नयाँ संक्रमित थपिए, ५३ सय भन्दा बढीको मृत्यु

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार १:२०,

गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार तीन सय १३ जनाले ज्यान गुमाएका छन्।

यसबीचमा विश्वभर गरेर ८५ हजार दुई सय ११ जना नयाँ सक्रमित थपिएका कोरोना सम्बन्धी अपडेट गर्दै आएको वल्र्डओमिटरले जनाएको छ।

बुधबार बिहान साढे ६ बजेसम्मको तथ्यांक अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर गरेर दुई लाख ९२ हजार चार सय ४४ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या ४३ लाख ३७ हजार पाँच सय एक पुगेको छ।

गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा एक हजार ६ सय २३ जनाले कारोना संक्रमणबाट ज्यान गुमाएका छन्।

सोमबार अमेरिकामा मृत्यु र संक्रमण दर केही घटेको देखिए पनि मंगलबार फेरि बढेको छ। हिजो अमेरिकामा २२ हजार ६ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। सोमबार अमेरिकामा यसको संक्रमणबाट ९ सय ९९ जनाको मात्रै मृत्यु भएको थियो।

अमेरिकामा अहिलेसम्म मृतकको संख्या ८३ हजार ४ सय १८ पुगेको छ भने संक्रमितको संख्या १४ लाख ८ हजारभन्दा धेरै पुगेको छ।

त्यसैगरी ब्राजिलमा गएको २४ घण्टामा ७ सय ७९ जनाले ज्यान गुमाएका छन्। बेलायतमा गएको २४ घन्टामा संक्रमणबाट ६ सय २७ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या ३२ हजार ६ सय ९२ र संक्रमितको संख्या २ लाख २६ हजारभन्दा धेरै पुगेका छ।

त्यसैगरी गएको २४ घन्टामा फ्रान्समा ३ सय ४८ जना, स्पेनमा १७६, रुसमा १०७, इटालीमा १७२, क्यानाडामा १७६, मेक्सिकोमा १०८, इक्वेडरमा १८२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

रुसमा हिजो एकै दिन झण्डै ११ हजार नयाँ संक्रमित थपिएका छन्। त्यसैगरी ब्राजिलमा ८ हजार भन्दा धेरै संक्रमित थपिएका छन्।

हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट १ सय २१ जनाको मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ३५ सयभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ सय नाघेको छ भने संक्रमितको संख्या ७४ हजार नाघेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .