ad ad

समाज


नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवानमा पनि कोरोना संक्रमण

नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवानमा पनि कोरोना संक्रमण

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार २:५६,

सत्तारुढ नेकपाका नेता तथा पूर्व गृहमन्त्री भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एकजना जवानलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

स्थायी घर रामेछाप भएका २७ वर्षीय ती शसस्त्र जवान भक्तपुर दुवाकोटामा बस्दै आएका स्रोतले जनाएको छ।

नेता रावलको सुरक्षामा ९ जना सशस्त्र प्रहरी खटिँदै आएका छन्। सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत ती शसस्त्र जवान हाल टेकु अस्पतालमा भर्ना भएका छन्।

मंगलबार एकै दिन नेपालमा ८३ जनामा कारोना संक्रमण पुष्टि भएको थियो। जसमध्ये तीन जना काठमाडौँ उपत्यकाका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .