ad ad

समाज


आचरणविपरीत काम गरेको भन्दै बुटवलका डीएसपी प्रदेश प्रहरी कार्यालयमा तानिए

आचरणविपरीत काम गरेको भन्दै बुटवलका डीएसपी प्रदेश प्रहरी कार्यालयमा तानिए

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार ६:२,

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईलाई प्रदेश ५ प्रहरी कार्यालयमा तुलसीपुर तानिएको छ।

प्रनाउ भट्टराईले प्रहरी आचरण विपरीतको काम गरेकाले प्रदेश प्रहरी कार्यालयमा तानिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।

 कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनलगायत काममा गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह नगरेको एवं प्रदेश तथा जिल्ला प्रहरी कार्यालयले कार्यशैली सच्याउन पटकपटक निर्देशन दिए पनि नसुधारेपछि बुधबार उनलाई प्रदेश प्रहरी कार्यालय तानिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ।

स्थानीयस्तरमा समेत प्रनाउ भट्टराईका विषयमा धेरै जनगुनासा आएको तथा प्रहरीको आचरण र निर्देशनभन्दा फरक काम गरेको उजूरी दैनिकरुपमा पर्न थालेको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खडक खत्रीले भट्टराईबारे विभिन्न गुनासा आएपछि प्रदेश प्रहरी कार्यालयले तानेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .