ad ad

समाज


टेकु अस्पताललाई स्वाब कलेक्सन बुथ हस्तान्तरण

टेकु अस्पताललाई स्वाब कलेक्सन बुथ हस्तान्तरण

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १०:५३,

नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले टेकु अस्पताललाई आधुनिक स्वाब कलेक्सन पीपीई बुथ उपलब्ध गराएको छ।

कोरोना भाइरस (कोभिड–१९)को नमुना संकलनका लागि प्रयोग गर्न इन्जिनियहरुले स्वाब कलेक्सन पीपीई बुथको निर्माण गरी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई उपलब्ध गराएका हुन्। करिब १ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त बुथ बिहीबार नेपाल इन्जिनियर्स एसोसिएसन बागमति प्रदेशले अस्पताललाई उपलब्ध गराएको छ।

आधुनिक प्रविधिको प्रयोग गरि निर्माण गरिएको उक्त बुथमा बिरामी र स्वास्थ्यकर्मी बीच संबाद गर्न माइक जडान गरिएको छ। यस्तै बुथमा हावा पास गर्नको लागि पछाडी पट्टिकाे भागमा पंखा जडान गरिएको छ। बुथ हस्तान्तरण कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशका अध्यक्ष नन्द बन्जाडेले कोभिड–१९ सँग अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको जोखिम न्यूनिकरणका लागि इन्जिनियरहरुको समेत भूमिका होस् भन्ने उद्देश्यले बुथ निर्माण गरी उपलब्ध गराइएको बताए।

विपदको अवस्थामा स्वास्थ्यकर्मीहरुको जोखिमलाई ध्यान दिई इन्जिनियरहरुले गरेको सहयोगले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाएको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए। वैज्ञानिक रुपमा बनाइएको स्वाब कलेक्सन बुथ जस्तै अन्य स्वास्थ्य उपकरणहरुको निर्माणमा इन्जिनियरहरुको सहयोगको आवस्यकता रहेको उनले बताए।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष प्राध्यापक डा. रत्न बज्राचार्यले कोभिड–१९को रोकथामका लागि अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीको सुरक्षाको निम्ति काम गर्न पाउँदा खुशी लागेको बताए। नेपाल इन्जिनियर्स एसोसिएसन बागमति प्रदेशले अहिलेसम्म काठमाडौं, रामेछाप, काभ्रेपलान्चोक, सिन्धुपलान्चोक, रसुवा, नुवाकोट, र धादिङमा गरी कुल १७ वटा स्वाब कलेक्सन बुथ निर्माण गरी सरकारी अस्पतालहरुलाई उपलब्ध गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .