ad ad

समाज


‘आईएम विथ मनिषा कोइराला’ नेपालको ट्वीटरमा ट्रेन्डिङ वानमा

‘आईएम विथ मनिषा कोइराला’ नेपालको ट्वीटरमा ट्रेन्डिङ वानमा

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १०:५६,

भारतीय सञ्चारमाध्यमले मनिषाले भारतको खाएर चीनको गुनगान गाएको भन्दै उनीविरुद्ध आलोचना गरेका छन्।

मनिषाले पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नयाँ नक्सासम्बन्धी ट्विटको रिट्विट गर्दै नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन्।

उनले ट्विटमा भनेकी छन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नु भएकोमा धन्यवाद। हामी सबै अब तीन महान राष्ट्रहरुबीच शान्तिमय र सम्मानजनक छलफलको प्रतीक्षा गरिरहेका छौं।’

मनिषाले तीन राष्ट्र भनेर चीनलाई बीचमा ल्याएको र चीनको गुनगान गाएको भन्दै भारतीय सञ्चारमाध्यमले उनलाई भारतमा प्रतिबन्ध लगाउन समेत माग गरेका छन्।

भारतमा उनको चर्को आलोचना भइरहँदा यता नेपालमा भने मनिषाको व्यापक प्रशंसा भएको छ। उनले भारतमा भिख नमागेको र आफ्नो कला बेचेको नेपालीहरुले प्रतिक्रिया दिएका छन्।

यतिबेला ‘आइएम विथ मनिषा कोइराला’ ट्वीटरको ट्रेन्डिङको नम्बर वानमा पुगेको छ। यससँगै ‘ब्याक अफ इन्डियन मिडिया र कालापनि बिलोंग्स टु नेपाल’ पनि नेपालको ट्वीटरमा ट्रेन्डिङमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .