ad ad

समाज


कचनकवलका २३ संक्रमितलाई धरान लगियो, अध्यक्ष भन्छन् : क्वारेन्टिनमा संख्या बढे व्यवस्थापन गर्न गाह्रो

कचनकवलका २३ संक्रमितलाई धरान लगियो,  अध्यक्ष भन्छन् : क्वारेन्टिनमा संख्या बढे व्यवस्थापन गर्न गाह्रो

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १३:१८,

झापाको कचनकवलका कोरोना संक्रमण पुष्टि भएका २३ जनालाई धरानको आइसोलेसन वार्डमा लगिएको छ।

कचनकवल गाउँपालिकामा अध्यक्ष अन्जरा आलमले केही समयअघि एम्बुलेन्समा हालेर संक्रमित पुष्टि भएकाहरुलाई उपचारका लागि धरान पठाइएको बताए।

‘कोरोना संक्रमित भएको २३ जनालाई एम्बुलेन्समा राखेर उपचारका लागि धरान पठाएको छौं’, नेपालखबरसँग कुरा गर्दै आलमले भने, ‘यसअघि १० जनालाई विराटनगरस्थित आइसोलेसनमा पठाएका थियौं।’

उनले भरतबाट आउनेलाई सकभर गाएँमा पस्नै नदिएको र आएकाहरुलाई क्वारेन्टिनमा राखेको बताए। ‘हामीले भारतबाट आउने कसैलाई पनि गाउँमा पस्न दिएका छैनौँ’, उनले भने, ‘सबैलाई क्वारेन्टिनमा बस्न अनिवार्य गरेका छौं।’

कचनकवलमा हालसम्म ३३ जनाको कोरोना संक्रमित भएको पुष्टि भएको छ। अध्यक्ष आलमले विभिन्न चरणमा गरेर १ सय ५ जनाको स्वाब संकलन गरिएको सबैको रिपोर्ट अझै आइनसकेको बताए।

उनले चार वटा क्वारेन्टिनमा २ सय १२ जना रहेको बताए। ‘अझै सबैको स्वाब संकलन गर्न केही दिन लाग्ने देखिन्छ,’ आलमले भने, ‘स्वाब संकलन चाँडोभन्दा चाँडो भयो भने अर्कोमा सर्ने संभावना कम हुन्थ्यो। यस विषय हामीले प्रदेश सरकारलाई जानकारी गराइसकेका छौं।’

अप्रवासी कामदारहरुलाई एक स्थानबाट अर्को स्थानमा जान दिनका लागि भारत सरकारले रेल तथा बस सेवा खुला गरेपछि दिल्ली, मुम्बई लगायतका स्थानमा कामका लागि गएका स्थानीयहरु गाउँ फर्किएका छन्।

‘हामीले २, ३, ४ र ५ नम्बर बडामा क्वारेन्टिनको व्यवस्था गरेका छौं। भारतबाट आउनुभएका सबैलाई त्यही राखेका हौं’, अध्यक्ष आलमले भने, ‘नोगेटिभ रिपोर्ट आएकाहरुलाई पनि १४ दिन क्वारेन्टिनमा राख्छौं। तत्काल छाड्दैनौँ।’

अध्यक्ष आलमले गाउँपालिकाले खाने र बस्नेका उचित व्यवस्था गरेको बताए। ‘क्वारेन्टिनमा बस्नेहरुलाई धेरै राम्रो होइन पर्याप्त खाने र बस्नेको व्यवस्था गरेका छौँ। नयाँ थपिए भने व्यवस्थापन गर्न गाह्रो छं’ आलमले भने, ‘भारतबाट थप तीस जना आउँदै गरेको जानकारी प्रदेश सरकारले अहिलेसम्म दुई पटक गरेर १० लाख रुपैया सहयोग गरेको छ। केन्द्रले पनि थप सहयोग गर्न आवश्यक छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .